Du Du Chya Chya Jatra

| 2020 | Kathmandu | Nepal | 26 View(s)

Du Du Chya Chya Jatra
The temple of Bachhala Maju is located at Pashupati, Kathmandu, Nepal

Du Du Chya Chya Jatra is celebrated for 1 day(s), it begins on the 8th day , ends on the 8th day and the main day of attraction falling on 8th day of the Dark fortnight of Chilla , the 5th month in the lunar Nepal Era calendar.

पशुपतिनाथ क्षेत्र को दु दु च्यॉ च्यॉ जात्रा


पशुपतिनाथ को पुजारी भट्ट कै नेतृत्वमा पैदल यात्रा गर्नु पर्ने नियम भएको यो दु दु च्यॉ च्यॉ जात्रा को महत्व बारेमा छलफल होस भन्ने आसय लिएर आज म फेरी दोहराएर प्रस्तुत गर्दैछु ।
१.. यो एक बिल्कुलै सानो खट जात्रा हो। जुन चार जनाले सजिलै बोक्न सकिन्छ । तर ती खट बोक्ने चार जना डंगोलहरु हुन्छन् ।
१.१. यस खटको अगाडि अगाडि चार/ पॉच जना कुशुलेहरुले दु दु च्यॉ च्यॉ बाजा बजाएर हिडिरहेका हुन्छन् ।
१.२. दुई जना रकमीहरु आशागुर्जा लिएर हिंडेका हुन्छन्
१.३. भुवनेश्वरी शक्ति पीठ को आचाजु शक्ति पीठहरुमा र मन्दिरहरुमा दीप बत्ती र प्रसाद चढाउंदै तिम्तो दिएर हिंडिरहेका हुन्छन् । वहॉको साथ साथै वहॉलाइ सहयोग पुर्याउन एक जना खर्पनमा दीप र प्रसाद बोकेर हिड्छन् ।
१.४. सानो खट को बिचमा शिवलिंग राखिएको हुन्छ ।
१.५. पशुपतिनाथ को पुजारी भट्ट र भण्डारी साथ साथै हिडिरहेका हुन्छन् ।
२.. अब खट को बिचमा राखिएको शिवलिंग को बारेमा चर्चा गरौं .
२.१. यो शिवलिंग पशुपतिनाथ को गर्भगृह को उत्तर पूर्व दिशामा अबस्थित रहेको बुझिन्छ ।
२.२. सो स्थानबाट मूल भट्ट ले पूजा गरेर उठाएर अर्को भट्टलाइ दिएको देखिन्छ । अर्को भट्टले पनि पूजा गरेर भण्डारी को हातमा दिएको देखिन्छ । त्यस्पछि मात्र भण्डारी ले शिवलिंग उठाएर निकालेर डंगोल को हातमा दिएको देखिन्छ ।
२.३. यसरी प्राप्त शिवलिंग डंगोलले लगेर खटमा राख्दछन्
२.४. यो शिवलिंग करिब करिब आठ ईंच जति उचाईको होला जस्तो लाग्दछ ।
२.५. यो शिवलिंग धातुको भएको र अष्ट धातुको कुडेको जस्तो देखिन्छ ।
३.. दु दु च्यॉ च्यॉ जात्रा चैत्र कृष्ण पक्ष अष्टमीको दिन याने चिल्ला गा अष्टमीको दिन गरिन्छ जस्लाइ सितला अष्टमी वा भीमाष्टमी पनि भनिन्छ ।
३.१. यो जात्रा को मुख्य उद्देश्य पाहॉ च: हे को चाड मनाउन निमन्त्रण गर्न जाने भन्ने बुझिन्छ ३.१.१. साधारण बत्सलेश्वरी शक्ति पीठलाइ आमाको रुपमा हेरिन्छ र काठमाण्डौ शहरमा स्थापित शक्ति पीठहरु छोरीहरु हुन भन्ने जनबिश्वास छ ।
३.१.२. त्यस्कारण यो आमाको तरफबाट महादेब पशुपतिनाथ क्षेत्र को जात्राहरु हेर्न आउन महादेव यी सबै शक्ति पीठहरुमा चुल्हे निम्तो दिन गएको भन्ने भनाई छ ।
३.२. यो खट जात्रा पशुपतिनाथ बाट शुरु भएर जय बागेश्वरी , ताम्रेश्वर , भण्डारेश्वर भएर ज्ञानेश्वर घुमेर नक्साल भगबती , नन्दीकेश्वर, नागपोखरी, हात्तीसार , रानीपोखरी, जमल भएर कमलाक्षी थकूहिटि संगै रहेको सत्तलमा पहिलो बिश्राम गराईन्छ ।
३.३. यहॉ काठमाण्डौ शहरको तरफबाट शिवलिंग पूजा हुन्छ । बाजागाजा बजाएर, भजन गरेर, रमाइलो गरेर सम्यह्यबजी प्रसाद बॉडेर रमाइलो गरेर स्वागत सत्कार का साथ शहर भित्र भित्र्याउंछन् ।
३.४. सो खट त्यहॉबाट उठाएर बोकेर कमलाक्षी, असन अन्नपूर्णा, केलटोल, ईन्द्रचोक, मखनटोल, हनुमान ढोका, मरु चिकंमुगल , जैशिदेवल, भएर लगनटोल को डवलीमा बिश्राम गराईन्छ ।
३.५. यहॉ साधारण पूजा बाहेक कुनै खास भब्य पूजा आएको देखिएन । तर त्यहॉ खट बिसाएपछि आचाजु सहयोगि साथ लिएर मचली माई कहॉ गएर दीप र प्रसाद चढाउन जान्छन् ।
३.६. आचाजु फर्केपछि खट उठाएर बोकेर मरु , प्याफल, यत्खा भएर नरदेबी पुर्याएर बिश्राम गराईन्छ ।
३.७. नरदेबीमा भब्य पूजा हुन्छ र खट त्यहॉ बाट सिधा त्यंगल , न्होखा , न्हेकंतला , असन, कमलाक्षी जमल भएर, कमलपोखरी , सिफल, जय बागेश्वरी भएर पशुपतिनाथ को पश्चिम ढोका भएर पस्छन् ।
३.८. पशुपतिनाथ मन्दिर घुमेर पूर्बी ढोकाबाट झरेर बत्सलेश्वरी शक्ति पीठ घुमेर जयमंगला, नीलसरस्वती, जम्बूद्वीप भएर पालो परेको भण्डारी को घरमा पुर्याईन्छ ।
३.९. भण्डारी को घरमा भब्य पूजा गरी लसकुस गरेर शिवलिंग लाई भित्र्याईन्छ र सो रात त्यही राखिन्छ । भोलिपल्ट बिहान मात्र शिवलिंग पशुपतिनाथ मन्दिर मा पुर्याएर पुन पशुपतिनाथ को गर्भ गृहमा राखिन्छ ।
३.१०. सो राती दु दु च्यॉ च्यॉ जात्रा मा जाने सबै लाई भण्डारी को घरमा प्रसाद ख्वाएर मात्र पठाउंछन् ।
४.. यस दु दु च्यॉ च्यॉ जात्रा ले यी पॉच कुराहरु प्रष्ट पार्न खोजेको देखिन्छ ।
४.१. जनबिश्वास अनुसार बत्सलेश्वरी शक्ति पीठ आमा हुन र काठमाण्डौ शहरमा स्थापित शक्ति पीठहरु छोरीहरु हुन् ।
४.१.१. यस्ले के प्रष्ट पार्दछ भने पशुपतिनाथ क्षेत्र भित्रको दश महाविद्याहरु पुराना हुन् ।
४.१.२. काठमाण्डौ शहरको शक्ति पीठहरु पछि स्थापित भएका हुन् ।
४.२. अर्को कुरा किरॉति राजा यलम्बर ले बत्सलेश्वरी शक्ति पीठ को दक्षिण ढोका बाहिर बसेर पूजा साधना गरेका थिए । त्यस्कारण बत्सलेश्वरी शक्ति पीठ को दक्षिण ढोका बाहिर वहॉको मूर्ति सानो मन्दिर मा राखिएको छ ।
४.२.१. यहॉ डंगोल परिवारले आकाश भैरब जात्रा पनि मनाउंछन् ।
४.२.२. काठमाण्डौका ज्यापुहरुले पनि ईन्द्रचोकको आकाश भैरब लाई आफ्नै पुर्खाहरु मान्दछन् ।
४.२.३. हाम्रो शास्त्र अनुसार पनि किरॉति राजा यलम्बर ले बत्सलेश्वरीको पूजा साधना गरेर सिद्धि प्राप्त गरेर आकाश भैरब हुन सफल भएका हुन् ।
४.३. तेस्रो कुरा काठमाण्डौ को दश महाविद्याहरु उनै किरॉति राजा यलम्बर को समयमा वा वहॉभन्दा पहिलेनै स्थापना भएको हुनु पर्दछ ।
४.४. दु दु च्यॉ च्यॉ जात्रा मा खट लगेर तीन स्थानहरुमा बिश्राम गराईन्छ ।
४.४.१. पहिलो बिश्राम कमलाक्षी मा गराईन्छ । यहॉबाट यी चार शक्ति पीठहरुमा महादेव ले चुल्हे निम्तो दिन गएको भान हुन्छ ।
—१ असंभुलु अजिमा, असन ।
—२. न्हेकंतला अजिमा
—३. ज्वलंमाई अजिमा, त्यौड ।
—४. लुंचुभुलु अजिमा. केलटोल
४.४.२. दोस्रो बिश्राम स्थल लगनटोल को डबलीमा गराईएको थियो ।
—१. मचलीमाई अजिमा, टेकू ।
—२. कुन्शाभुलु अजिमा, ह्युमत ।
—३. पलॉचोक भगवती ( लगन भुलु अजिमा )
४.४.३. तेस्रो बिश्राम स्थल नरदेबी मन्दिरको आगनमा गराईएको थियो ।
—१. न्येतभुलु अजिमा, नरदेबी ।
—२. कुलॉभुलु अजिमा, रक्तकाली ।
—३. अरीभुलु अजिमा, चिकंमुगल ।
४.५. अन्तमा यस्ले नेवार संस्कृति लाई झल्काएको छ । ठूलो चाडपर्बहरुमा चेलिबेटिहरुलाई बिशेष रुपमा निम्तो दिएर पूजा को प्रसाद ग्रहण गर्न बोलाएर भोज ख्वाएर पठाउंने प्रचलन छ । यस्ले सोही पाहॉ ( पाहुना) लाई बोलाएर पूजा प्रसाद ग्रहण गर्न बोलाउने र भोज ख्वाएर पठाउने परम्परालाइ दर्शाएको छ ।
यस्तो भनाई पनि छ कि दु दु च्यॉ च्यॉ जात्रा को दिन देखि १२ दिन सम्म पशुपतिनाथ क्षेत्रमा जात्रा मनाइन्छ ।
जात्रा को क्रम यस प्रकार छ ।
-१. पिंगलमाई को देशोद्धार पूजा
-२. पिंगलमाई को जात्रा
-३. बत्सलेश्वरी को आठ गुठीहरु बाट पूजा
-४. बत्सलेश्वरी को ६४ शिवलिंग भट्ट बाट पूजा
-५. बत्सलेश्वरीको मूल भट्ट लगायत चारै भट्टहरु बाट पूजा
-६. जन्बूद्वीपमा होम पूजा र कन्या कुमारीहरुको पूजा ।
-७. बत्सलेश्वरी जात्रा
-८. जात्रा मा बत्सलेश्वरी र नक्साल भगबतीको भेट ।
-९. बत्सलेश्वरी को गणेश संगको भेट ।


Text : Badri Nath Kayastha

Latest Du Du Chya Chya Jatra Video

March 17, 2020

Route | Time

  • Pashupati - Naxal - Jamal - Ason - Maru - Lagan - Nerdevi - Ason - Jamal - Naxal - Pashupati | 5 PM to 9 Pm

  • Begins and Ends Date

  • Days : 1 day(s)
  • Begins : 8th day
  • Main : 8th day
  • Ends : 8th day
  • Fortnight : Dark fortnight
  • Month : Chilla ( 5th month in the lunar Nepal Era calendar)
  • Location

  • Location : Pashupati
  • City : Kathmandu
  • Country : Nepal
  • Language(s)

  • Nepal Bhasa , Nepali , English


  • Du Du Chya Chya Jatra Playlist


    Related


    Country


    Language(s)


    Nepal Bhasa
    Nepali
    English

    Text Source


    Culture(s)


    Du Du Chya Chya Jatra Videos



    Bachhalā Month


    Mahalaxmi Maha Bhairav Jatra
    Mahalaxmi Maha Bhairav Jatra
    Chandeshwori Jatra
    Chandeshwori Jatra

    Culture