Lakhe Dance | Sawal Bahal

| 2019 | Kathmandu | Nepal | 1025 View(s)

Sawal Lakhe Dance


कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै विर्सजन गरिने परम्परा छ । कृष्ण लाई अाकाशमा हेर्दै जिस्काउछ अनि बाण हान्छ र लाखे मृत्यु भएको मानि समापन गरिन्छ ।द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै काठमाडौ क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको कुरा त्यहाको पुर्खौली भनाइ रहेको छ ।

हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी नाचिने लाखे नाच नाच्ने गरिन्छ । साउन बाट सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा समापन हुन्छ । त्यहाँको कथन अनुसार–लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे हाे ।

राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ।उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।

नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पनि लाखे नाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउदै गरेको महुस गरिएको छ । मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दछ ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ।

Source:- Guru Rajendra



Latest Lakhe Dance | Sawal Bahal Video

August 8, 2019

Begins and Ends Date

  • Days : 18 day(s)
  • Begins : 5th day (Bright fortnight)
  • Main : 5th day (Bright fortnight)
  • Ends : 8th day (Dark fortnight)
  • Month : Gunla ( 10th month in the lunar Nepal Era calendar)
  • Location

  • Location : Sawal Bahal
  • City : Kathmandu
  • Country : Nepal
  • Language(s)

  • Nepal Bhasa , Nepali , English


  • Lakhe Dance | Sawal Bahal Playlist


    Video(s)


    Lakhe Dance | Sawal Bahal Videos





    Chaulā Month


    Rato Machhindranath Jatra, Dolakha
    Rato Machhindranath Jatra | Dolakha
    Sankhu Bajrayogini Jatra
    Bajrayogini Jatra | Sakhu
    Mhepi Ajima Jatra
    Mhepi Ajima Jatra
    Gahana Khojne Jatra
    Gahana Khojne Jatra
    Seto-Machindranath
    Seto Machhindranath Jatra

    Popular Cultures


  • Dyah Lwakegu Pahachare Festival 2075 Part III Pahachare
    Celebrate : 3 day(s)
    Begins : 14th day Dark
    Main : 15th day Dark
    Ends : 1st day Bright
    Location : , Kathmandu, Nepal

  • Mahalaxmi Jatra Mahalaxmi Jatra | Balambu
    Celebrate : 3 day(s)
    Begins : 8th day
    Main : 10th day
    Ends : 10th day
    Fortnight : Bright fortnight
    Location : Balambu , Chandragiri, Nepal

  • Pachali Bhairav Jatra Pachali Bhairav Jatra
    Celebrate : 2 day(s)
    Begins : 4th day
    Main : 5th day
    Ends : 5th day
    Fortnight : Bright fortnight
    Location : Pachali , Kathmandu, Nepal

  • Seto-Machindranath Seto Machhindranath Jatra
    Celebrate : 5 day(s)
    Begins : 8th day
    Main : 8th day
    Ends : 12th day
    Fortnight : Bright fortnight
    Location : Jana Bahal , Kathmandu, Nepal

  • Chandeshwori Jatra Chandeshwori Jatra
    Celebrate : 3 day(s)
    Begins : 14th day Bright
    Main : 15th day Bright
    Ends : 1st day Dark
    Fortnight : Bright fortnight
    Location : Chandeshwori , Banepa, Nepal