Chandeshwori Jatra is an annual festival that is celebrated in the town of Chandeshwori, located in the Kavrepalanchok District of Nepal. The festival is held in honor of the goddess Chandeshwori, who is believed to be the region’s guardian deity. The festival is celebrated for three days and is an important event for the local community.
During the festival, a large procession is held in which the goddess Chandeshwori is carried through the streets of Chandeshwori in a chariot. The chariot is adorned with flowers and other decorations and is accompanied by a large number of devotees who sing and dance in honor of the goddess.
The festival also features a number of cultural programs, including traditional music and dance performances, as well as other cultural activities. The festival is an opportunity for the local community to come together and celebrate their cultural heritage and traditions.
Chandeshwori Jatra is an important festival that is greatly anticipated by the people of Chandeshwori and is an integral part of their cultural identity.
वनेपा चण्डेश्वरी जात्रा को बिशेषताहरु
चण्डी पूर्णिमा को दिन र त्यस्को भोलिपल्ट प्रतिपदा को दिन वनेपा मा भब्यसाथ मनाईने चण्डेश्वरी को जात्रा यस्पाली पनि लक्डाउनले गर्दा हेर्न नपाइने भयो । त्यस्कारण आज घरमा नै बसेर यस चण्डेश्वरी जात्रा को बिशेषता के के हुन भनेर केही याद भएको बिषयमा चर्चा गर्न गइरहेको छु ।
१.. यो चण्डेश्वरी को जात्रा सम्झदा सबभन्दा पहिले याद आउंने कुरा चण्डेश्वरी को स्तोत्र पाठ हो ।
१.१. यो चण्डेश्वरी को स्तोत्र पाठ “ परनाम “ स्तोत्र पाठ भनिन्छ ।
१.२. यो चण्डीपूर्णिमा भन्दा एक महिना पहिले देखि नै वनेपा वासीहरु को घर घरमा “ परनाम “ चण्डेश्वरीको स्तोत्र पाठ भइरहेको हुन्छ ।
१.३. यो स्तोत्र पाठ गर्ने र चण्डेश्वरी लाई आवाहन गर्ने यस जात्रा को एक बिशेषता नै हो ।
२.. यो जात्रा को दोस्रो बिशेषता भनेको यो जात्रा गर्नु भन्दा एक हप्ता अगाडि अष्टमीको दिन भोछिभोया खलकहरु ( स्ये स्ये हरु ) ले चण्डेश्वरीमा बिशेष देवाली पूजा मनाउंछन् ।
२.१. यो देवाली पूजा भन्दा देगुद्य पूजा, दिग्पूजा , दिसीपूजा , आदि बिभिन्न नामबाट गरिने पूजाहरु को पनि यादआउंछ ।
२.२. ती देवाली पूजा अक्षय तृतीया देखि सिथिनख: ( कुमार षष्ठी) को बिचमा बर्षको एक पटक गरिन्छ भन्ने मान्यता छ ।
२.३. यो देवाली पूजा आआफ्नु खलकहरु को सबै परिबारहरु मिलेर तान्त्रिक विधि ले पशु बली चढाएर आफ्नु कुलदेवता र पूर्खाहरु लाई पनि सम्झेर गरिन्छ ।
२.४. सबै खलकहरु मिलेर बिहान समह्यबजी खान्छन् र सॉझपख सीकाभू गर्छन् ।
२.५. साधारण त यस देवाली मा चटामरिको बिशेष महत्व रहन्छ ।
२.६. यो समय र ठाउं अनुसार फरक हुंदैगएको भएता पनि देवाली पूजा को मुल लक्ष एकै हो ।
२.७. तर यहॉ वनेपामा यो एक हप्ता अगाडि चण्डेश्वरीमा गरिने देवाली पूजा को बिशेषता यो छ कि देवाली मनाएपछि रथ जात्रा गर्ने सम्पूर्ण मार्गहरुमा भात छर्दै जान्छन् ।
२.८. यस्को तीन लक्ष्य भएको मान्यता छ । १. जात्रा गर्दा कुनै बिध्न बाधा नआवस् , २. यो एक प्रकार को शान्ति स्वस्ति गरेको हिसाबले हेरिन्छ, र ३. जात्रा राम्रोसंग सम्पन्न होस् भन्ने आशय राखेर गरिन्छ ।
२.९. यसरी यहॉ वनेपामा भोछिभोया स्य स्य खलकहरु ले चण्डेश्वरीमा मनाउने देवाली को बिशेष महत्व छ ।
३.. चण्डीपूर्णिमा को चार दिन अगाडि तीन धारा स्वधा टोलको डबलीमा रथ बनाउने काम प्रारम्भ हुन्छ ।
३.१. यस रथ बनाउने कामको लागि तीस बत्तीस जनाको एउटा कमिति बनेको हुन्छ ।यस्मा नाईकेहरु मानन्धरहरु हुन्छन् ।
३.२. यस रथ बनाउन शालिन्दा भक्तपुर को सल्लाघारी बाट मूल काठ ( तुसीं ) ल्याउने प्रचलन छ ।
३.३. यो मूल काठ भक्तपुरको सल्लाघारीबाट भोछिभोया खलकहरुले नै पूजा गरेर ल्याउने चलन छ ।
३.४. रथ संचालन गर्ने गुठीहरु को नाईकेहरु पनि मानन्धर नै हुन्छन् ।
३.५. चण्डीपूर्णिमाको चार दिन अगाडि नै द्य: कुहां बिज्यागू भनेर गरगहना वनेपा लायकूमा ल्याएर सरसफाइ गर्ने काम हुन्छ ।
४.. त्यस्पछि को बिशेषता चण्डीपूर्णिमा को अघिल्लो दिन बेलुकिपख वनेपाको त: गुठीका ( ठूलो गुठीका) गुठीयारहरुले ठूलो पूजा ( त: क पूजा ) गर्दा खेरि देखिन्छ ।
४.१. यस पूजामा आचाजुहरु को मुख्य संलग्नता र मुख्य भूमिका रहेको पाईन्छ । यस्बाट यो पक्का पनि तान्त्रिक विधि बिधान अनुसार शक्ति साधना गरेर पूजा हुन्छ भन्ने प्रष्ट हुन्छ ।
४.२. यो ठूलो गुठीको पूजा चण्डेश्वरी शक्ति पीठ भित्र बारह वटा बोकाहरु वली चढाएर ठूलो तान्त्रिक विधि अनुसार शक्ति साधना गरेर पूजा हुन्छ ।
४.३. यो पूजा को अर्को महत्वपूर्ण कुरा सो पूजा को दिन पूजा पाठ गरी घर घरमा भोज खाने चलन छ ।यस्बाट पनि यस पूजा को महत्व बुझ्न सकिन्छ ।
४.४. यस्लाई यस चण्डीपूर्णिमा जात्रा को लागि चण्डेश्वरी माईको स्वागत सत्कार र शान्ति सुरक्षा दिएकोमा धन्यबाद दिएको पूजा पनि हो ।
४.५. यस शक्ति पूजाबाट शक्ति उत्पत्ति हुन्छ र वनेपा वासीहरु ले शक्ति प्राप्त गर्दछन् भन्ने मान्यता छ ।
५.. यस चण्डेश्वरी जात्रा मा हुने अर्को एउटा बिशेषता भएको कुरा “ मत पूजा “ लाई लिन सकिन्छ ।
५.१. चण्डीपूर्णिमा को दिन बिहानै मिरमिरे उज्यालो मा हजारौ को संख्यामा चिराक बालेर बाजागाजाका साथ वनेपा लायकुमा जम्मा भएर त्यहॉबाट जलेश्वर शिवलिंग को लागि प्रस्थान गर्छन् जस्लाइ “ मत पूजा “ भनिन्छ ।
५.२. यसरी हजारौंको संख्यामा चिराक बालेर बाजागाजाका साथ लायकुमा जम्मा भई प्रस्थान गरेर रक्तचन्दन वनको फेदीमा अबस्थित जलेश्वर शिवलिंग को पूजा गर्दछन् ।
५.३. यो जलेश्वर शिवलिंग चण्डेश्वरी मन्दिर बाट उत्तर पूर्व दिशामा रक्तचन्दन वनको फेदीमा अबस्थित छ ।
५.४. यसरी पहिले जलेश्वर शिवलिंग को पूजा गरी महादेव को साथ पाई चण्डेश्वरी को पूजा गर्दा सर्बोत्तम फल प्राप्त हुन्छ भन्ने मान्यता छ ।
५.५. यहॉ अर्को एउटा जनबिश्वास के पनि छ भने यस जलेश्वर शिवलिंग को नजिकैको खोलामा स्नान गरी शिवलिंग को पूजा गर्दा बच्चाहरु तुहिने हुंदैन भन्ने मान्यता छ ।
५.६. त्यस्कारण यस मत पूजामा धेरै महिलाहरुले पनि भाग लिईरहेका हुन्छन् । खासगरेर बच्चा तुहिएका महिलाहरु उक्तदिन खोलामा स्नान गरी जलेश्वर शिवलिंग को पूजा गर्छन् ।
६.. यस जात्रा को अर्को बिशेषता भनेको तीनधारामा तैयार पारिएको ख़ाली रथ चण्डीपूर्णिमा को दिन चालिस पचास ब्यक्तिहरुले बोकेर चण्डेश्वरी मन्दिर मा मूर्ति लिन पुर्याउंदा को रमाइलो लाई लिईन्छ ।
६.१. यहॉ तीनधाराबाट रथ उठाउनु भन्दा पहिले रथ बनाउने , रथ बोक्ने , बाजा बजाउने , आदि सबै लाई पान सुपारी बॉडेर टिका लगाई सम्मान गरिन्छ ।
६.२. यसरी रथ बनाउने , रथ बोक्ने , बाजागाजा बजाउने सबैलाई सम्मान गरेपछि मात्र रथ उठाउने यो प्रथा पनि बिशेष लाग्दछ ।
६.३. यो रथ उठाएर लानु भन्दा पहिले कान फट्टा जोगीहरु बाट एउटा सेतो रंगको भेडा वलि चढाएर तान्त्रिक पूजा गर्दछन् ।
६.४. यसरी खाली रथ उठाएर लान पनि यहॉ सम्मान गर्ने , बिशेष पूजा गर्ने, र स्वागत सत्कार गर्ने प्रथा छ जुन बिशेष नै मान्न सकिन्छ ।
७.. चण्डीपूर्णिमा को राती चण्डेश्वरी शक्ति पीठ मा द्यो छेंबाट लगेर राखिएको मूर्तिमा पूजा सम्पन्न गरी रथमा प्रतिस्थापन गर्दा पूजा गर्नेहरु को घुईंचो लाग्दछ ।
७.१. द्यो छेंबाट लगेर चण्डेश्वरी शक्ति पीठ मा राखिएको मूर्ति मा प्रसस्त शक्ति सृजना हुने र शक्ति प्राप्त हुन्छ भन्ने मान्यता भएको हुंदा यसरी पूजा गर्ने भक्तजनहरुको भीड़ लाग्दछ ।
७.२. यसरी शक्ति सृजना भएको बेलामा आफुले पनि सम्हय, ख्येसगं, पंचमकार, र अझ कत्तिले त पशु वलि चढाएर पूजा गर्दा शक्ति प्राप्त हुन्छ भन्ने जनबिश्वास छ ।
७.३. कत्तिले त कारण थाहा नभएता पनि भीड लागेर पूजा गरिरहेको पाईन्छ ।
जे जस्तो भएपनि यस्बाट शक्ति पाउने मान्यता छ ।
८.. यस जात्रा मा अर्को बिशेषता चण्डीपूर्णिमा को भोलिपल्ट प्रतिपदा को दिन रथ यात्रा गरेर वकुटोल को दैत्य लोहं ( दैत्य ढुंगा ) भन्ने ठाउंमा पुगेपछि देखिन्छ ।
८.१. यो त्यो ठाउं हो जहॉ युद्ध भूमिबाट भागेको चण्डासुर दैत्य लाई चण्डेश्वरी माईले भेट्टाएर बध गरेर गाडिएको ठाउं को प्रतीक को रुपमा ढुंगा राखिएको मानिन्छ ।
८.२. त्यस्कारण त्यहॉ पुगेपछि चण्डेश्वरी माईको ठूलो स्वागत सत्कार हुन्छ ।
—१. पहिले राजोपाध्याय बाट स्वागत सत्कार हुन्छ ।
—२. सोही ठाउंमा भोछिभोया खलकहरुका कन्या कुमारीहरु द्वारा लसकुस गरेर स्वागत सत्कार गर्दछन् ।
—३. त्यस्पछि मात्र खड्ग लिएर प्रधान कार्यकर्ता द्वारे रथमा सामेल हुन्छन् ।
—४. यहींबाट चण्डेश्वरी को छोपेको घुम्तो उघारेर बजार परिक्रमा गराईन्छ ।
८.३. बजारमा रथ परिक्रमा गर्दा फेरी घर घरबाट पूजा आउंछ ।
८.४. बजार परिक्रमा गरेर लायकुबाट रथ फर्काएर वकुटोल को निर्यात चम्पाल भन्ने ठाउंमा रथ पुगेपछि जात्रा बिसर्जन हुन्छ ।
९.. जात्रा बिसर्जन भएपछि बेलुकितिर कलंदान वा कलेदान हुन्छ ।यस्लाई जात्रा को अन्तिम र ज्यादै महत्वपूर्ण अवसरको रुपमा लिईन्छ ।
९.१. यो कलंदान वा कलेदान को बिशेषता भनेको यहॉ ठूलो पूजा मा वलि चढाएको बोकाको मासु , फलफुलहरु, बिस्कुटहरु , केराउ , मिठाई , रोटिहरु , आदि चण्डेश्वरी को नाममा अर्पण गरेर प्रसादको रुपमा बॉढिन्छ ।
९.२. त्यस्बेलाको सो प्रसाद प्राप्त गर्न र आकाश बाट तल झर्दा भुईंमा खस्नु भन्दा पहिले टिपेर उठाउनेहरु को होडबाजी र तछाडमछाड गरेर रमाइलो गर्दछन् ।सबै को हातहरु नाचिरहेको जस्तो देखिन्छ ।
९.३. यसरी प्राप्त भएको प्रसाद लाई भक्तजनहरु शौभाग्य को प्रतीक मान्दछन् ।
९.४. त्यस्मा झन चण्डेश्वरी मा वलि चढाएको बोकाको टाउको को सिउ भेट्टायो भने मनोकॉन्छा पूर्ण हुन्छ भन्ने जनबिश्वास छ ।
९,५. यसरी यो प्रसाद बितरण र यस्को महत्व सम्झाउने बिशेष काम भएको छ ।
त्यस्पछि मूर्ति लाई दुई चार जना पुजारीहरु मिलेर कॉधमा बोकेर चण्डेश्वरी को द्यो छेंमा भित्र्याएर त्यस्को लगतै द्यो छे मा पूजा गरेर कन्याहरु बाट लसकुस गरेर भित्र्याईन्छ ।
जय चण्डेश्वरी माई !
वनेपा वासीहरु लाई शक्ति दिउन् र रक्षा प्रदान गरुन् ।
भक्तजनहरु को आकांक्षा पूर्ण होस् ।