टुडाल देवीको मन्दिर बालुवाटार, काठमाडौंमा अवस्थित छ। सामान्यतया वैष्णवी देवी भनेर चिनिन्छ, र नामको उत्पत्ति टुडाल देवी चाहिँ अझै अज्ञात छ। यो मन्दिर लिच्छविकालमा स्थापना भएको हो तर हालको निर्माण मध्ययुगीन कालको हो र नेपाली कला र शिल्प को राम्रो उदाहरण हो। यस देवीको जात्रा, जसलाई टुडालदेवी गहना खोज्ने जात्रा (गहना खोज्ने पर्व) भनेर चिनिन्छ, हरेक वर्ष चन्द्र क्यालेन्डरको चैत्र शुक्ल अष्टमीमा औपचारिक यंसी वा लिङ्गो उठाएर सुरु हुन्छ।
धेरै दिनसम्म मनाइने यो पर्व बैशाख नवमीसम्म मनाइन्छ।जात्राको मुख्य दिन बालुवाटारस्थित उनको मन्दिरबाट तानेर खटमा तुडालदेवी बैष्णवीको मूर्ति राखेर प्राचीन नगर हाडिगाउँमा पुजा गरिन्छ। गहना पोखरी जाने बाटोमा अगाडि रातो माटोले रङ्गिएको घरको ढोकामा खट पटक–पटक रोकिन्छ । यो खट रोक्नको लागि प्रतीक हो र भक्तहरूले देवीलाई सम्मान गरेर पुजा गर्छन। एक पटक खट गहना पोखरी आइपुग्दा दुईजना मानिसले हातमा चाँदीको खम्बा लिएर पोखरीको तीन पटकसम्म घुमछन्। धिमे र न्यायखिं बजाउने धेरैले पछ्याउँछन् र तीन राउन्ड गर्छन्। भक्तहरूले खटलाई गहिरो पोखरीमा तानेर तीन चक्कर पनि लगाउँछन्। मुख्य खट पोखरी वरिपरि देवीको अर्को रथ संगै,टुडालदेवीकी कान्छी बहिनी महालक्ष्मी, जसलाई मानेखट पनि भनिन्छ। जब टुडालदेवीले आफ्ना गहनाहरू फेला पार्छिन् र दबलीमा फर्किन्छिन्, महालक्ष्मीको खटले टुडालदेवीको खटको चारै तिर तीन परिक्रमा गर्छन्।
त्यसपछि महालक्ष्मीको खटलाई नक्सालमा फर्काइन्छ। टुडालदेवीको खटलाई हडिगाउँको सबैभन्दा पुरानो दबलीमा थप दुई दिन राखेर हराएको गहना फेला परेको खबरले नुवाकोट र मनमैजुका देवीदेवतालाई प्रसाद र फूल पठाइन्छ । गहनापोखरीमा तीन बहिनी महालक्ष्मी, मनमैजु र नुवाकोटदेवी पौडी खेल्ने क्रममा टुडालदेवीले गहना हराएकी थिइन् । अँध्यारो हुन थालेको र घर टाढा भएकाले नुवाकोटदेवी र मनमैजु आ–आफ्नो घर फर्कीनछन् भने दिदी टुडालदेवी गहना खोज्दै बसिन्। अर्की बहिनी नक्सलकी महालक्ष्मीले घर नजिकै भएकोले साथ दिएकी थिइन् । गहना भेटिएपछि दुवै दिदीबहिनी घर फर्किए ।
Source: Hadigaun,Dabali